आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का « Khabarhub

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ। बिहीबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको हो।

चेन्नईले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । सञ्जु स्यामसन ४५ रन बनाएर क्रिजमा छन् । मुम्बईका अल्लाह गजनफरले ऋतुराज गायकवाड र शिवम दुबे लाई आउट गरेका छन् । त्यस्तै मिचेल स्यान्टनरले सरफराज खानलाई १४ रनमा बोल्ड गरेका छन्।

चेन्नईबाट महेन्द्र सिंह धोनी र मुम्बईबाट रोहित शर्मा यो खेलमा सहभागी छैनन्। यस सिजन दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ। दुवैले ६ मध्ये २ खेल जितेका छन् भने ४ खेल हारेका छन्। राम्रो नेट रनरेटका कारण मुम्बई ७औं स्थानमा छ भने चेन्नई ८औं स्थानमा रहेको छ।

मुम्बई इन्डियन्स टोली:
क्विन्टन डी कक, नमन धीर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (कप्तान), तिलक वर्मा, शेरफन रदरफोर्ड, मिचेल स्यान्टनर, कृष भगत, जसप्रित बुमराह, अल्लाह गजनफर र अश्विनी कुमार।
इम्प्याक्ट खेलाडीहरू:
विल ज्याक्स, राज बावा, शार्दूल ठाकुर, दानिश मलेवर, मयंक मार्कण्डे।

चेन्नई सुपर किंग्स टोली:
सञ्जु स्यामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), सरफराज खान, शिवम दुबे, कार्तिक शर्मा, डेवाल्ड ब्रेविस, जेमी ओभरटन, अंशुल कम्बोज, नूर अहमद, मुकेश चौधरी र गुरजपनीत सिंह।
इम्प्याक्ट खेलाडीहरू:
प्रशान्त वीर, म्याथ्यु शर्ट, म्याट हेनरी, अकील हुसैन, उर्विल पटेल।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : ४० बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका