आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का « Khabarhub

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ। बिहीबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको हो।

चेन्नईले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । सञ्जु स्यामसन ४५ रन बनाएर क्रिजमा छन् । मुम्बईका अल्लाह गजनफरले ऋतुराज गायकवाड र शिवम दुबे लाई आउट गरेका छन् । त्यस्तै मिचेल स्यान्टनरले सरफराज खानलाई १४ रनमा बोल्ड गरेका छन्।

चेन्नईबाट महेन्द्र सिंह धोनी र मुम्बईबाट रोहित शर्मा यो खेलमा सहभागी छैनन्। यस सिजन दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ। दुवैले ६ मध्ये २ खेल जितेका छन् भने ४ खेल हारेका छन्। राम्रो नेट रनरेटका कारण मुम्बई ७औं स्थानमा छ भने चेन्नई ८औं स्थानमा रहेको छ।

मुम्बई इन्डियन्स टोली:
क्विन्टन डी कक, नमन धीर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (कप्तान), तिलक वर्मा, शेरफन रदरफोर्ड, मिचेल स्यान्टनर, कृष भगत, जसप्रित बुमराह, अल्लाह गजनफर र अश्विनी कुमार।
इम्प्याक्ट खेलाडीहरू:
विल ज्याक्स, राज बावा, शार्दूल ठाकुर, दानिश मलेवर, मयंक मार्कण्डे।

चेन्नई सुपर किंग्स टोली:
सञ्जु स्यामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), सरफराज खान, शिवम दुबे, कार्तिक शर्मा, डेवाल्ड ब्रेविस, जेमी ओभरटन, अंशुल कम्बोज, नूर अहमद, मुकेश चौधरी र गुरजपनीत सिंह।
इम्प्याक्ट खेलाडीहरू:
प्रशान्त वीर, म्याथ्यु शर्ट, म्याट हेनरी, अकील हुसैन, उर्विल पटेल।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ८ : ४० बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग