‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस « Khabarhub

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज हुन्छ एउटा उदाहरण हेरौँ है त : 

बाल गायक आशोक दर्जी झापाको सडक छेउमा मान्छेको जमघट भएको ठाउँमा गएर गीत गाउँथे । असमान्य क्षमताको स्वरका कारण उनलाई केही व्यक्तिले पैसा दिन्थे । 

युट्युबर किशोर श्रेष्ठसहितले अशोकको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । उनी चर्चित गायक टंक बुढाथोकीको नजरमा परे । काठमाडौँमा उनै गायकले संरक्षण दिने भए । 

अशोकलाई संरक्षण दिएकाले टंक थप चर्चित भए । अशोकको आडमा उनले आफ्नो छोरा एआरलाई पनि ब्रान्डिङ गरे । 

अब यहीबाट प्रष्ट हुन्छ । अशोकले गायक बन्न कति चमात्कारिक घटना हुनुपर्यो‍ । तर, स्टार किड भएकाले नै चमत्कारिक घटनाले चर्चामा आएका आशोकसँग बराबरी हैसियतमा एआरले गीत गाउन पाए । 

टंकले अशोकलाई लिएर फिल्म बनाए ।  त्यहाँ पनि एआरलाई सकेसम्म स्थान दिए । 

एक आउटसाइडर अशोकलाई यस क्षेत्रमा प्रवेश गर्न कति संकट भयो ? स्टार किड एआरलाई कति सहज भयो ? 

अझ अशोक गायिका क्षमतासँग एआरको क्षमता तुलना पनि हुँदैन । यो आउट साइडर र स्टार किडलाई डेब्यू यात्राको असहजता र सहजता देखाउने बलियो उदाहरण हो ।

स्टार किडले आउट साइडरले नपाएको सुविधा सहज डेब्यू, मेकरहरूसँगको सम्बन्ध, अभिभावकबाट गाइड र सुरुवाती चर्चा पाउँछन् । यी सबै कुरा पाउन आउटसाइडरले मिहिनेत गर्नुपर्छ । स्टार अभिभावकै कारण स्टार किडले यो सुविधा पाउँछन् । 

नेपालको सन्दर्भमा स्टार किडहरूको फिल्ममा डेब्यू प्रशस्त भएको पाइन्छ । तर केही मात्रै स्थापित भएका छन् । अर्थात्, सुविधा उपयोग गरेर फिल्म क्षेत्रमा प्रवेश गरे पनि उनीहरूको स्थायित्वमा प्रश्न नै छ । 

हिट फिल्म दिने र अभिनयले दर्शकको मन जित्ने कुरा जुन स्टार किड भएकै कारण पाउने सुविधामा पर्दैन । यी कुराले करिअरको स्थायित्वको कारक पनि हुन् । 

दिव्या रायमाझी 

दिव्या चर्चित नायक दिलिप रायमाझीकी छोरी हुन् । त्यहीकारण उनले डेब्यू फिल्मै अहिलेका स्टार नायक प्रदीप खड्कासँग काम गर्न पाइन् । 

डेब्यू फिल्म प्रदर्शनमा आएको एक वर्षमै उनका दुई फिल्म प्रदर्शनमा आइसके । अर्को एक फिल्मको छायाङ्कन भ्याइसकिन् । 
छोटो समयमै उनको व्यस्तता स्थापित नायिकाको भन्दा कम छैन । 

तर, दिव्याका कुनै फिल्म पनि हिट बनेका छैनन् । न उनले अभिनय क्षमताले दर्शकलाई मोहित पार्न सकेकी छिन् । 

तीन फिल्म प्रदर्शनमा आउँदासम्म दिव्याले कामले चर्चामा नआउनुलाई उनको स्थायीत्वमा प्रश्न उठ्दै गएको छ । 

जान्भी बस्नेत

नायिका जान्भी बस्नेत नायक जयकिशन बस्नेतकी छोरी हुन् । उनले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकिन् । स्टार किड भएकाले उनलाई फिल्ममा डेब्यू गर्न त सहज भयो । तर, उनी स्थापित भने हुने सकेकी छैनन् । 

सन् २०१७ देखि ०२२ सम्म उनका फिल्महरू लगातार आइरहे । न उनको फिल्मको चर्चा भयो, न उनको अभिनयको चर्चा भयो । अहिले उनी फिल्मबाट टाढा भएको देखिन्छ । 

संयम पुरी

‘सायद’ जस्तो हिट फिल्म दिएका संयम पुरी पनि फिल्मै टिकिरहन सकेनन् । उनी हाल विदेशमा छन्, फिल्मभन्दा बाहिरी दुनियामा छन् । 

निर्देशक नारायण पुरीका छोरा संयम अभिनय क्षमता भएका नायक हुन् । फिल्म ‘सायद’बाट उनले अभिनय क्षमताले नै चर्चा पाए । तर, उनी लगातर फिल्म फ्लप भएपछि विदेश पलायन भए । 

सन् २०१७ देखि उनी फिल्ममा देखिएका छैनन् । उनको पलायनको कारण पनि लगातर फिल्म फ्लप हुनु नै हो । 

मोहितवंश आचार्य

हरिवंश आचार्यका छोरामा मोहितमा पनि अभिनयको भोक देखिन्छ । उनी एक दुई फिल्ममा सहायक भूमिकामा देखिएका पनि छन् । 

न उनको मन फिल्म नगरी बस्न मानेका छ । न उनले लगाव दिएर अभिनय गरेको नै पाइन्छ । 

सुहान थापा र समीर भट्ट

नायिका झरना थापाकी छोरी सुहाना र नायक विराज भट्टका छोरा समीर पनि ठूलो पर्दाको अभिनयमै करिअर बनाउन लागि परेका छन् । 

यी दुवैका अभिभावक अर्थात्, झरना र विराज समकालीन कलाकार हुन् । सुहाना र समीर दुवै होम ब्यानरको फिल्मबाट डेब्यू गर्न पाउने कलाकार हुन् ।

सुहानका लागि झरना आफैँले फिल्म निर्देशन गरिन् । यता समीरका लागि विराजले निर्देशन गरे । 

सुहानाले बाहिरी ब्यानरको एक मात्रै फिल्म गरेकी छन् । सुहानाको फिल्म पनि सुपरहिट छैनन् । तर प्रायः फिल्म घाटाबाट भने जोगिएका छन् । 

त्यहीकारण उनले केही सम्भावना भने देखाएकी छन् । चार फिल्म प्रदर्शनमा आइसक्दा पनि उनको अभिनयको प्रशंसा नहुनुले स्थायीत्वमा शंका गर्ने स्थान भने दिन्छ । 

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ ब्ल्कबस्टर भयो । तर, दोस्रो फिल्म ‘बदिदान’ डिजास्टर फ्लप भयो । डेब्यू फिल्ममा बुवासँग स्क्रिन सेयर गरेकाले उनले सफलताको एकल क्रेडिट लिन पाएनन् । 

डेब्यू फिल्म हिट हुँदा उनको तुलना स्थापित नायकसँग हुन थालेको थियो । दोस्रो फिल्म हिट भएपछि उनको करिअरलाई धक्का लागेको छ ।  तथापि, दर्शकले उनको एक्सन स्किल मन पराएका छन् । 

अपवाद अनमोल र सलोन

नायक भुवन केसीका छोरा अनमोल र निर्देशक सोभित बस्नेतका छोरा सलोनले एकै फिल्म ‘होस्टल’बाट अभिनय करिअर सुरुवात गरेका हुन् । 

यी दुवैले बालकलाकारका रुपमा पहिला नै फिल्म गरिसकेका थिए । नायकका रुपमा डेब्यू फिल्म ‘होस्टल’ नै हो । 

अनमोल अहिले बढी फ्यान फलोइङ भएका महँगा नायकका रुपमा स्थापित छन् । उनको सबैभन्दा हिट फिल्म ‘जेरी अन टप’ले १२ करोडमाथि ग्रस कलेक्सन गरेको छ । 

सलोन ‘होस्टल’ फिल्ममा अनमोलको छायामा परे । त्यसैले उनको माग सहायक कलाकारमा हुन थाल्यो । 

विगत दशकदेखि उनी हरेक वर्ष तीन–चार फिल्ममा अभिनय गरेका हुन्छन् । अहिले उनी मेकिङमा आएका छन् । मेकिङ र शीर्ष भूमिकामा स्थापित हुने उनको प्रयास देखिन्छ । सहायक कलाकारका लागि उनी सबैभन्दा रुचाइएका नायक हुन् । 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ७ : ३५ बजे

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक,