काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्नेछ ।
शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ । हिजो बोल्न बाँकी रहेका सदस्यहरुले आज आफ्नो धारणा राख्नेछन् ।
हिजोको बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा रखोका थिए ।
आज (शनिबार)को बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराईलगायतले धारणा राख्नेछन् ।
बैठकमा आएको सुझावको आधारमा आज कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बुझिएको छ ।














प्रतिक्रिया