‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’  « Khabarhub

‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’ 


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार  बताएका छन् । 

 युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको  उनले जनाएका छन् । उनका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल  वरपर पनि खसेका थिए । 

मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाएका छन्। नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रिया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ ।

किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरू गरिरहेको बताएको छ । 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १ : ५६ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः