क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित « Khabarhub

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ  ।

ट्यांकीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए । 

ट्याङ्कींकीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायनहरू छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायनहरू भएका ट्यांकीहरूलाई असर गर्ने जनाइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो ।

गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताए । 

स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कींकीमा पानी छर्किरहेको देखाइएको छ । भने ट्यांकी चिसो पार्ने प्रयास सफल भएको बताइएको छ । 

हाल ६१ डिग्रीको तापक्रममा झरेको छ भने  ५० डिग्रीमा झरे पछि यसको अवस्था सहज भएको मानिने छ त्यसैले हाल सम्मका प्रयासहरू सफल भइरहेको जनाइएको छ ।

स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्यांकी वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताएका छन् । 

उनले विस्पोट र गन्ध थाहा पाउने जो कोहीलाई पनि सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन अपील गरेका छन् । 

शुक्रबार सम्म कोही प्रभावित तथ घाइते भएको रिपोर्ट गरिएको छैन  भने चुहावटको कारण पनि अनुमान गर्न नसकिएको जनाइएको छ । रासायनिक फैलावटको लागि  आवश्यक पूर्व तयारी गरिरहेको बताइएको छ । 

हावा र समुद्रमा समाहित हुने नदीहरूमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न रोकथाम अवरोधहरू कायम राख्ने काम गरिरहेको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले मिथाइल मेथाक्रिलेटले मानिसमा छाला, आँखा र झिल्लीमा जलन गरिरहेको बताएको छ । यसले मानिसहरूमा अल्पकालीन र दीर्घकालीन प्रभाव पछि श्वासप्रश्वासका प्रभावहरू रिपोर्ट गरिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  २ : ४५ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्