‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल « Khabarhub

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’(गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छन् । 

स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् ।

उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। 

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैँ सक्षम हुनुपर्ने अवस्था रहेको बताइन्।

छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएको उनले जानकारी दिए । 

आर्थिक स्तरोन्नतिको समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएको थियो । 

दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाइमा दीर्घकालीन योगदान पुर्याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गर्नुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। 

गाभीले सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको ‘रुबेला निवारण’ लगायत एचपीभी र अन्य जीवनरक्षक खोपको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरे । 

‘आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सङ्घारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्त्व राख्दछ,’ मन्त्री मेहताले भनिन् ।

यही जेठ ३ गते सभामा सहभागी हुन गएकी मन्त्री मेहताले विभिन्न देशबाट आएका आफ्ना समकक्षी, दातृ निकायका प्रमुखसँग ‘साइडलाइन’ वार्ता गरिरहेकी छन् ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ४ : २६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ