पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको तर उनीहरूबीच मध्यपूर्वमा द्वन्द्वको बारेमा छलफल हुनेछ वा हुनेछैन भन्ने विषयमा चिनियाँ विदेश मन्त्रालयले अझै भनाइ सार्वजनिक गरेको छैन । 

इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूवै तनाव अन्त्यका लागि मध्यस्थता गर्न खोजेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताएका छन्। 

फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो ।

युद्धले मध्यपूर्वलाई संकटग्रस्त बनाएको छ भने र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ।

चीनको चार दिने औपचारिक भ्रमणको लागि प्रधानमन्त्री सरिफ शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरू’ मात्र छलफल हुने बताएका थिए । 

गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताएका छन् ।

उनले भने, ‘शान्ति प्रवर्द्धन गर्न र युद्ध अन्त्य गर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ ।’
 
पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीच केन्द्रीय मध्यस्थकर्ताको रूपमा देखा परेको छ, जसले गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो तर वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल भइरहेको छ। 

बितेका दुई हप्तामा बइेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भएको छ भने पाकिस्तानी प्रधानमन्त्री यो अवधिमा चीन भ्रमण गर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता हुन्।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ७ : २४ बजे

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको