काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित « Khabarhub

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्राबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

नेपालले आज कीर्तिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो । त्यसैगरी, खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जित हासिल गर्न सफल भयो । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

यस जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै कीर्तिस्तान, माल्दिभ्स र भारत छन् ।

त्यसैगरी, समूह ‘बी’ मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । प्रतियोगितामा आइतबार तीन खेल हुनेछ । पहिलो खेल १२ बजे इरान र श्रीलङ्काबीच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशवीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ८ : १९ बजे

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो