मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश « Khabarhub

फिफा विश्वकप २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियामाथि २–० को जित हात पारेको छ ।

अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको रेकर्ड बराबरी गरेका थिए । अष्ट्रियाविरुद्ध दुई गोल थपेसँगै विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ।

खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसमा सफल हुन सकेनन्। तर उनले त्यसको केही समयपछि गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूहमा ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यसअघि अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ५७ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द