मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश « Khabarhub

फिफा विश्वकप २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियामाथि २–० को जित हात पारेको छ ।

अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको रेकर्ड बराबरी गरेका थिए । अष्ट्रियाविरुद्ध दुई गोल थपेसँगै विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ।

खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसमा सफल हुन सकेनन्। तर उनले त्यसको केही समयपछि गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूहमा ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यसअघि अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ५७ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या