हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित « Khabarhub

फिफा विश्वकप फुटबल–२०२६

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्कको न्युजर्सी रंगशालमामा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे अन्तिम ३२ मा प्रवेश गरेको हो ।

नर्वेका लागि मार्कस पेडरसनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका थिए ।

खेलको ४३औँ मिनेटमा नर्वेका पेडरसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४८ औँ मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई २–० गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका स्माइलाले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै खेलको ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको इजुरी समयमा सेनेगलका स्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएका थिए ।

यो जितसँगै समूह ‘आई’ को नर्वे लगातार दुई जितसँगै ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । लगातार दुई खेल हारेको सेनेगल समूहचरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ५३ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई