सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा « Khabarhub

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता नरहेको विषयलाई जोडेर मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति छानबिनका क्रममा अनुसन्धानका लागि पक्राउ परेपछि अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम समेत जोडिएर आएका समाचारप्रति उनले आपत्ति जनाएका हुन् ।

पूर्वअर्थमन्त्री शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सरोकार नै नभएको विषयमा आफ्नो नाम मुछेर भ्रम फैलाउन खोजिएको बताएका छन् ।

“साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,” शर्माले भनेका छन्, “तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”

सोमबार एमाले उपाध्यक्ष पौडेल पक्राउ परेसँगै पूर्वअर्थमन्त्री शर्मा समेत पक्राउ पर्न लागेको भन्दै विभिन्न अनलाइनमा समाचार सार्वजनिक भएका थिए । शर्माले आफूले विगतदेखि नै राजनीतिक नेतृत्व र उच्च पदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग संसद् र पार्टीभित्रै उठाउँदै आएकाले अनुसन्धानबाट आफू पछि नहट्ने तर नियोजित रूपमा गरिने चरित्रहत्या स्वीकार्य नहुने संकेत गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : १६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ