अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने « Khabarhub

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट दिँदै रोक्का राखिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने भएको छ ।

इरानका मुख्य वार्ताकारका अनुसार अमेरिका फ्रिज गरिएको १२ अर्ब डलर फुकुवा गर्न सहमत भएको हो । अमेरिकी कोष विभागले आगामी अगस्ट १ सम्मका लागि इरानी तेल र पेट्रोकेमिकल्स बिक्री गर्न अनुमति दिने गरी प्रतिबन्धमा अस्थायी खुकुलोपनको घोषणा गरेको छ ।

इरानमाथि अमेरिकी प्रतिबन्धको इतिहास
सन् १९७९ मा इरानी विद्यार्थीहरूले तेहरानस्थित अमेरिकी दूतावासमा आक्रमण गरी कूटनीतिज्ञहरूलाई बन्धक बनाएपछि वासिङ्टनले इरानमाथि पहिलो पटक प्रतिबन्ध लगाएको थियो । त्यतिबेला अमेरिकाले इरानी आयातमा प्रतिबन्ध लगाउनुका साथै १२ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरेको थियो ।

त्यसपछि सन् १९८४ मा अमेरिकाले इरानलाई ‘आतंकवादलाई प्रश्रय दिने राष्ट्र’ घोषणा गर्‍यो । सन् १९९६ मा अमेरिकी कङ्ग्रेसले इरानको तेल क्षेत्रमा लगानी गर्ने पक्षहरूलाई दण्डित गर्ने कानुन पारित गरेको थियो । तर, युरोपेली देशहरूको विरोधका कारण उक्त कानुन सन् २०१० सम्म कार्यान्वयनमा आउन सकेन ।

यस्तै, युरेनियम प्रवर्द्धन कार्यक्रम रोक्न असफल भएको भन्दै सन् २००६ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इरानमाथि पहिलो पटक प्रतिबन्ध लगाएको थियो । त्यसपछिका वर्षहरूमा परिषद्ले आणविक कार्यक्रमसँग सम्बन्धित प्रतिबन्धहरू थप विस्तार गर्दै लग्यो ।

सन् २०१२ मा अमेरिकाले इरानको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाएपछि तेहरानले तेल ट्याङ्करहरूका लागि ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्ने चेतावनी दिएको थियो । सोही वर्ष युरोपेली संघ (ईयू) ले पनि इरानी तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो ।

लामो गतिरोधपछि सन् २०१५ मा इरान र विश्वका शक्ति राष्ट्रहरूबीच ‘जोइन्ट कमप्रिहेन्सिभ प्लान अफ एक्सन’ (जेसिपिओए) नामक आणविक सम्झौता भयो, जसका कारण अमेरिका र युरोपेली देशले प्रतिबन्धहरूमा राहत दिएका थिए ।

तर, सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानको तेल र बैंकिङ क्षेत्रलाई लक्षित गरी पुनः नयाँ प्रतिबन्धहरूको घोषणा गरे ।

सन् २०२५ मा पुनः सत्तामा फर्किएपछि ट्रम्पले इरानमाथिको प्रतिबन्धलाई अझ विस्तार गरे । यस अन्तर्गत इरानी तेल खरिद गर्ने चिनियाँ ‘टिपर’ रिफाइनरी र ढुवानी कम्पनी जस्ता तेस्रो पक्षीय व्यापारिक साझेदारहरूलाई समेत प्रतिबन्धको दायरामा ल्याइएको थियो ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : ३१ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ