अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित « Khabarhub

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा अल्जेरियाले जोर्डनविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

खेलमा जोड्नविरुद्ध सानदार पुनरागमन गर्दै २–१ को जित नकिालेको हो । खेलको पहिलो हाफमा पिछडिएको अल्जेरियाले दोस्रो हाफमा सानदार पुनरागमन गरेको हो ।

खेलको ३६ औँ मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई सुरुवाती १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा जोर्डनले सोही अग्रता कायम राखे पनि दोस्रो हाफमा अल्जेरिया खेलमा फर्कियो ।

अल्जेरियाका लागि ६९ औँ मिनेटमा एन बेनबोआलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८२ औँ मिनेटमा अमिन गोइरीले कर्नरबाट आएको बललाई पोस्टको दिशा दिँदै अल्जेरियालाई २–१ को महत्त्वपूर्ण जित दिलाएका छन् ।

यो जितसँगै अन्तिम ३२ मा अल्जेरियाको सम्भावना बाँकी छ । यो हारसँगै जोड्ने भने समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट अर्जेन्टिना ६ अंकसहित अघिल्लो चरण प्रवेश गरिसकेको छ भने अस्ट्रियाले दुई खेल खेल्दा एक हार र एक जित निकाल्दै तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ४४ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई