धुलिखेल–खावा सडकखण्डमा टिप्परलाई पूर्ण प्रतिबन्ध « Khabarhub

धुलिखेल–खावा सडकखण्डमा टिप्परलाई पूर्ण प्रतिबन्ध


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन सञ्चालनमा कडाइ गरिने भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको ‘विकास सहजीकरण बैठक’ले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार, उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाइनेछ ।

त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ । 

तर, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत् रूपमै सञ्चालन हुन पाउनेछन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ४२ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल