इरानको दाबी : फ्रिज गरिएको १२ अर्ब डलरको कोष फुकुवा हुनु ठूलो जित « Khabarhub

इरानको दाबी : फ्रिज गरिएको १२ अर्ब डलरको कोष फुकुवा हुनु ठूलो जित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकासँग भएको सम्झौतालाई ठूलो जितका रुपमा व्याख्या गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अमेरिकासँगको समझदारीपत्रपछि फ्रिज गरिएका कोष फुकुवा हुनु देशका लागि ठूलो उपलब्धि भएको बताएका छन्।

उनले सम्झौताको धारा ११ अनुसार इरानले ६–६ अर्ब अमेरिकी डलरका दुई अलग रकम प्राप्त गर्ने जानकारी दिए। यसका लागि प्रारम्भिक तयारी कतार भ्रमणका क्रममा भएको र अन्तिम स्वीकृति स्विट्जरल्यान्डमा प्राप्त भएको उनले बताए।

गालिबाफका अनुसार धारा १० अन्तर्गत तेल, पेट्रोकेमिकल उत्पादन, बैंकिङ, बीमा तथा यातायात क्षेत्रमा लगाइएका प्रतिबन्धमा पनि अन्तिम सम्झौता नहुँदासम्मका लागि केही राहत प्रदान गरिएको छ।

उनले यी निर्णयलाई सम्झौताबाट प्राप्त पहिलो ठूला लाभका रूपमा व्याख्या गर्दै इरानले यसलाई प्रारम्भिक विजयका रूपमा लिएको बताए।

वार्ता पनि संघर्षकै एक हिस्सा

गालिबाफले अमेरिकासँगको वार्तालाई संघर्षकै निरन्तरता भएको बताएका छन्। उनका अनुसार युद्धभूमिमा प्राप्त सफलता कूटनीतिक पहलमार्फत् अघि नबढाएसम्म स्थायी राजनीतिक र कानुनी उपलब्धिमा रूपान्तरण हुन सक्दैन।

उनले वार्ता पनि संघर्षको एउटा माध्यम भएको उल्लेख गर्दै इरानले यसलाई कमजोरी नभई आफ्ना राष्ट्रिय हितको संरक्षण गर्ने रणनीतिक उपायका रूपमा हेरेको बताए।

वार्ताको बचाउ

अमेरिकासँग वार्ता गर्ने निर्णयको आलोचना गर्नेहरूलाई जवाफ दिँदै गालिबाफले इरानी प्रतिनिधिमण्डल स्विटजरल्यान्ड गएको मुख्य उद्देश्य लेबननमा जारी रक्तपात रोक्नु रहेको बताए।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यदि हामी स्विट्जरल्यान्ड गएका नभएको भए लेबनानका मुस्लिम र शिया समुदायको अझ धेरै रगत बग्ने थियो।’

होर्मुज अब पहिलेजस्तो नरहने

गालिबाफले स्ट्रेट अफ होर्मुज अब युद्धअघिको अवस्थामा नफर्कने बताएका छन्। उनका अनुसार यो महत्वपूर्ण समुद्री मार्गको व्यवस्थापन अब इरानले आफ्नै ढंगले गर्नेछ, यद्यपि अन्तर्राष्ट्रिय नियमहरूको पालना भने जारी रहनेछ।

स्विट्जरल्यान्डमा अमेरिकासँग भएको प्राविधिक वार्ताको पहिलो चरणपछि उनले इरानलाई अमेरिकामाथि विश्वास नरहेको धारणा पुनः दोहोर्‍याए।

उनले भने, ‘हामीले अमेरिकामाथि कहिल्यै विश्वास गरेका थिएनौँ, आज पनि गर्दैनौँ र भविष्यमा पनि सतर्क रहनु नै बुद्धिमानी हुनेछ।’

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : २४ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी