ट्रम्पको चेतावनी : इरानले सम्झौता पालना नगरे फेरि कारबाही हुनेछ « Khabarhub

ट्रम्पको चेतावनी : इरानले सम्झौता पालना नगरे फेरि कारबाही हुनेछ


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा भएको वार्तापछि इरानले सम्झौताको पालना नगरे वा उचित व्यवहार नदेखाए आफूहरू फेरि कारबाही गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले भने, ‘यदि इरान आफ्ना प्रतिबद्धतामा अडिग रहँदैन भने मैले जे गर्नुपर्छ, त्यही गर्नेछु।’

उनले इरानसँग आफू वा अमेरिकामाथि दबाब सिर्जना गर्ने कुनै प्रभावकारी क्षमता नरहेको पनि दाबी गरे। हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको उनको भनाइ थियो।

ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको दोहोर्‍याए।

लामो समयसम्म सैन्य कारबाही गर्नुपर्ने अवस्था आएर विश्व अर्थतन्त्रमा मन्दीको जोखिम सिर्जना भए पनि इरानलाई परमाणु हतियार हासिल गर्न नदिनु अझ महत्वपूर्ण विषय भएको उनको तर्क छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : २८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख