सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन « Khabarhub

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ स्तुप क्षेत्र र स्वयम्भूनाथ क्षेत्रमा गुठी संस्थान र सम्बन्धित सम्पदास्थलमा रहेका कोष एवं समितिबीच जग्गा स्वामित्व विवाद रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनको कार्यमूलक लेखापरीक्षण खण्डमा उल्लेख छ । 

गुठी संस्थान ऐन, प्राचीन स्मारक संरक्षण ऐन तथा सम्बन्धित क्षेत्र विकास समितिको ऐन, नियमबीच सामाञ्जस्यता कायम गरी मूर्त तथा अमूर्त सम्पदाको स्वामित्व किटान गरी सोको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको हो । 
 
संस्थानले काठमाडौँमा एक हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ समेत उपत्यकाभित्र दुई हजार १३ अमूर्त सम्पदाअन्तर्गत रहेका जात्रा, पर्व र पूजापाठ सञ्चालन गुठीको आम्दानीबाट गर्ने गरेको छ । स्थानीय तह र सम्बन्धित हेरचाह अड्डा, कोष तथा विकास समितिले समेत यी सम्पदा सञ्चालनमा योगदान गर्दै आएका छन् । 

देशभर ७१७ मठ, मन्दिरलगायतका सम्पदाको जात्रा, पर्व र पूजापाठका लागि उपत्यकाभित्रका एक हजार ११२ समेत ६८ जिल्लामा दुई हजार ८२ राजगुठीअन्तर्गत पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराई क्षेत्रमा ६६ हजार ३३० बिघा गुठी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ४० बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद