सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन « Khabarhub

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ स्तुप क्षेत्र र स्वयम्भूनाथ क्षेत्रमा गुठी संस्थान र सम्बन्धित सम्पदास्थलमा रहेका कोष एवं समितिबीच जग्गा स्वामित्व विवाद रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनको कार्यमूलक लेखापरीक्षण खण्डमा उल्लेख छ । 

गुठी संस्थान ऐन, प्राचीन स्मारक संरक्षण ऐन तथा सम्बन्धित क्षेत्र विकास समितिको ऐन, नियमबीच सामाञ्जस्यता कायम गरी मूर्त तथा अमूर्त सम्पदाको स्वामित्व किटान गरी सोको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको हो । 
 
संस्थानले काठमाडौँमा एक हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ समेत उपत्यकाभित्र दुई हजार १३ अमूर्त सम्पदाअन्तर्गत रहेका जात्रा, पर्व र पूजापाठ सञ्चालन गुठीको आम्दानीबाट गर्ने गरेको छ । स्थानीय तह र सम्बन्धित हेरचाह अड्डा, कोष तथा विकास समितिले समेत यी सम्पदा सञ्चालनमा योगदान गर्दै आएका छन् । 

देशभर ७१७ मठ, मन्दिरलगायतका सम्पदाको जात्रा, पर्व र पूजापाठका लागि उपत्यकाभित्रका एक हजार ११२ समेत ६८ जिल्लामा दुई हजार ८२ राजगुठीअन्तर्गत पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराई क्षेत्रमा ६६ हजार ३३० बिघा गुठी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ४० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच