रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान « Khabarhub

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। महाधिवेशनअन्तर्गत आज बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने र निर्वाचन तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुनेछ। त्यसपछि उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। प्रत्यक्ष रूपमा महाधिवेशनमा सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूले रास्वपाले विकास गरेको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ। निर्वाचनमार्फत एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : २६ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको