महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी « Khabarhub

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद उत्पन्न भएको छ। महाधिवेशनस्थलमा पुगेका केही प्रतिनिधिहरूले आफ्नो नाम प्रतिनिधिको सूचीमा नभेटिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिहरूले आफूहरूको सहभागिता सुनिश्चित नगरी महाधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै व्यवस्थापनप्रति गुनासो गरेका छन्। बन्दसत्र सुरु हुनुअघि केही प्रतिनिधिहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आफूहरूमाथि अन्याय भएको बताएका थिए।

‘हामी बालेनको फोटो टाँसेर हिडौँ कि रविको, कसैको टिममा परिएन के हो कारण ? यस्तो पनि महाधिवेशन हुन्छ।’ बन्द सत्र अगाडि उभिएर एक प्रतिनिधिले भनेका छन,’ हामीलाई अन्याय भयो ।’

एक प्रतिनिधिले आफ्नो नाम सूचीमा समावेश नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टीले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरिरहे पनि प्रतिनिधि व्यवस्थापनमा पुराना दलभन्दा कमजोर अभ्यास देखिएको टिप्पणी गरे।

नामावलीमा आफ्नो नाम नपरेको विषयमा अन्य केही प्रतिनिधिहरूले पनि समर्थन जनाउँदै समस्या समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

महाधिवेशनमा देखिएको उक्त विवादबारे पार्टी नेतृत्व वा निर्वाचन समितिले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रतिनिधिहरूले नामावलीसम्बन्धी समस्या तत्काल समाधान गरी महाधिवेशनलाई सहमतिपूर्ण वातावरणमा अगाडि बढाउन माग गरेका छन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ४२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ