रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश « Khabarhub

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद र समस्या देखिन थालेका छन्।

सोमबारदेखि नै सुरू हुने भनिएको बन्दसत्र मंगलबार मात्रै दुई पटक सरिसकेको छ। दिउँसो १ बजे सुरू हुने भनिएको बन्दसत्र अहिले २ बजे पनि सुरू हुन सकेको छैन । दिउँसो १ बजेबाट सुरू गर्न सम्भव नभएपछि २ बजेबाट थाल्ने भनिएको थियो। तर प्रतिनिधिको विवादले अझै सुरसार नभएको हो।

महाधिवेशन प्रतिनिधिको नामावली र व्यवस्थापनलाई लिएर देखिएको विवाद समाधान हुन नसकेपछि बन्दसत्रमा ढिलाइ भएको हो।

प्रतिनिधि विभाग टुङ्ग्याएर बन्दसत्र अघि बढाउने तयारी भए पनि सहमति नजुट्दा प्रक्रिया प्रभावित भएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरू बन्दसत्र सुरू गर्ने तयारीमा जुटे पनि प्रतिनिधि सूचीलाई लिएर विभिन्न समूहका नेता-कार्यकर्ताले असन्तुष्टि जनाउँदै दबाब बढाएका बताउँछन् ।

विभिन्न स्थानबाट आएका प्रतिनिधिहरूले आफूहरूको नाम समावेश नभएको भन्दै आपत्ति जनाएका छन्। यसले महाधिवेशन स्थलमा असन्तुष्टि र विवादको अवस्था सिर्जना भएको छ।

पार्टी नेतृत्वले विवाद समाधान गरी बन्दसत्र अघि बढाउने प्रयास गरिरहेको भए पनि अहिलेसम्म औपचारिक रूपमा प्रक्रिया सुरू हुन सकेको छैन।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ५६ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९