रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश « Khabarhub

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद र समस्या देखिन थालेका छन्।

सोमबारदेखि नै सुरू हुने भनिएको बन्दसत्र मंगलबार मात्रै दुई पटक सरिसकेको छ। दिउँसो १ बजे सुरू हुने भनिएको बन्दसत्र अहिले २ बजे पनि सुरू हुन सकेको छैन । दिउँसो १ बजेबाट सुरू गर्न सम्भव नभएपछि २ बजेबाट थाल्ने भनिएको थियो। तर प्रतिनिधिको विवादले अझै सुरसार नभएको हो।

महाधिवेशन प्रतिनिधिको नामावली र व्यवस्थापनलाई लिएर देखिएको विवाद समाधान हुन नसकेपछि बन्दसत्रमा ढिलाइ भएको हो।

प्रतिनिधि विभाग टुङ्ग्याएर बन्दसत्र अघि बढाउने तयारी भए पनि सहमति नजुट्दा प्रक्रिया प्रभावित भएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरू बन्दसत्र सुरू गर्ने तयारीमा जुटे पनि प्रतिनिधि सूचीलाई लिएर विभिन्न समूहका नेता-कार्यकर्ताले असन्तुष्टि जनाउँदै दबाब बढाएका बताउँछन् ।

विभिन्न स्थानबाट आएका प्रतिनिधिहरूले आफूहरूको नाम समावेश नभएको भन्दै आपत्ति जनाएका छन्। यसले महाधिवेशन स्थलमा असन्तुष्टि र विवादको अवस्था सिर्जना भएको छ।

पार्टी नेतृत्वले विवाद समाधान गरी बन्दसत्र अघि बढाउने प्रयास गरिरहेको भए पनि अहिलेसम्म औपचारिक रूपमा प्रक्रिया सुरू हुन सकेको छैन।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ५६ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा