जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन « Khabarhub

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ ।

१०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान गरिएको छ । यस पहलबाट सर्वसाधारणले नजिकैका अस्पतालमै प्रारम्भिक जलन उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।

मन्त्रालयले जलनसँगै प्लास्टिक सर्जरी तथा अन्य जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालमा विशेष युनिट स्थापना गर्नु प्रभावकारी हुने जनाएको छ । 

हालसम्म कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : १० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच