खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा « Khabarhub

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर नयाँ केन्द्रीय कमिटीले कारबाही गर्नसक्ने बताएका छन् । 

चितवन महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाले सुनारको अभिव्यक्ति अराजनीतिक भएको भन्दै उनको अभिव्यक्तिको विषयमा नयाँ केन्द्रीय कमिटीले रिभ्यु गर्नसक्ने बताए ।

‘अराजनीतिक टीकाटिप्पणी गलत हो, एउटा लाइनमा, आफूले बोलाएको पाहुनालाई बोलाइसकेपछि कम्तीमा निश्चित दायरामा सम्मान व्यक्त गर्नै पर्छ, त्यस्तो राजनीतिक टीकाटिप्पणी गर्ने, मूल्यांकन अभिव्यक्त गर्ने ठाउँहरू निश्चित हुन्छन्, तर, आउनुभएपछि अतिथि हो, यो सबै कार्यक्रमहरू सकिइसकेपछि निश्चित ठाउँमा गएर तपाईँले आफ्नो अभिव्यक्ति दिन पाउनुहुन्छ । डेमोक्रेसी हो, फ्रिडम अफ एक्सप्रेसन कायम हुन्छ, त्यो भन्दैमा घरैमा बोलाएर गाली गर्न हुँदैन एउटा कुरा’, उनले भने ।

नेता झाले तर, कारबाही के हुन्छ भनेर भन्न नसकिने भन्दै नयाँ कमिटीले रिभ्यु गर्नसक्ने बताए । 

‘ती व्यक्तिहरूलाई सांसद वा नेताहरूलाई कारबाही के कस्तो हुन्छ भन्ने कुरा निर्वाचित नयाँ कमिटीले, अनुशासन कमिटीले त्यसलाई रिभ्यु गर्ला, अहिले हामी ट्रान्जिसन फेजमा छौँ, त्यसैले गर्दा यस्तो नै हुन्छ भन्ने कुरा अहिले हामीले बोल्न हुँदैन’, उनले भने ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ४० बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको