खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा « Khabarhub

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर नयाँ केन्द्रीय कमिटीले कारबाही गर्नसक्ने बताएका छन् । 

चितवन महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाले सुनारको अभिव्यक्ति अराजनीतिक भएको भन्दै उनको अभिव्यक्तिको विषयमा नयाँ केन्द्रीय कमिटीले रिभ्यु गर्नसक्ने बताए ।

‘अराजनीतिक टीकाटिप्पणी गलत हो, एउटा लाइनमा, आफूले बोलाएको पाहुनालाई बोलाइसकेपछि कम्तीमा निश्चित दायरामा सम्मान व्यक्त गर्नै पर्छ, त्यस्तो राजनीतिक टीकाटिप्पणी गर्ने, मूल्यांकन अभिव्यक्त गर्ने ठाउँहरू निश्चित हुन्छन्, तर, आउनुभएपछि अतिथि हो, यो सबै कार्यक्रमहरू सकिइसकेपछि निश्चित ठाउँमा गएर तपाईँले आफ्नो अभिव्यक्ति दिन पाउनुहुन्छ । डेमोक्रेसी हो, फ्रिडम अफ एक्सप्रेसन कायम हुन्छ, त्यो भन्दैमा घरैमा बोलाएर गाली गर्न हुँदैन एउटा कुरा’, उनले भने ।

नेता झाले तर, कारबाही के हुन्छ भनेर भन्न नसकिने भन्दै नयाँ कमिटीले रिभ्यु गर्नसक्ने बताए । 

‘ती व्यक्तिहरूलाई सांसद वा नेताहरूलाई कारबाही के कस्तो हुन्छ भन्ने कुरा निर्वाचित नयाँ कमिटीले, अनुशासन कमिटीले त्यसलाई रिभ्यु गर्ला, अहिले हामी ट्रान्जिसन फेजमा छौँ, त्यसैले गर्दा यस्तो नै हुन्छ भन्ने कुरा अहिले हामीले बोल्न हुँदैन’, उनले भने ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ४० बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९