रासायनिक मलको विकल्पमा ढैँचा « Khabarhub

रासायनिक मलको विकल्पमा ढैँचा


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुगेको छ । 

समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् । किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताए। उनले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिए ।

माथागढी गाउँपालिका रुप्सेका किसान छवि थापाले पनि ढैँचा लगाएको खेत जोतेर धान रोपाइँ गर्दै छन्। उनले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैँचा प्रयोग गर्दै आएको सुनाए । ढैँचाबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल नछरेको उनले सुनाए।

‘रासायनिक मलको विकल्पमा माटोका लागि ढैँचा लगाउँदै आएको छु’, उनले भने, ‘धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाबाट पूरा हुँदोरहेछ ।’

पूर्वखोलाका पुराना किसान ईश्वरी खनालले पनि रासायनियक मलको सट्टा हरियो मल ढैँचा नै प्रयोग गर्दै आएका छन् । 

उनी भन्छन्, ‘आफ्नो हातपाखुरामा बल हुँदासम्म बोरामा आउने रासायानिक मलको प्रयोग गर्दिनँ, अहिलेसम्मै हरियो मलका भरमा धानखेती गर्दै आएको छु, यसबाट राम्रो उत्पादन हुन्छ’, उनले भने, ‘यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।’

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचा बोटलाई खेत हिल्याउने क्रममै प्रयोग गरिन्छ । यसरी प्रयोग गरिएको ढैँचाको बोट चारदेखि सात दिनमा कुहिएर मल बन्दछ ।

विश्वकर्मा, थापा र खनालमात्रै होइन, पछिल्लो समय जिल्लाका माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रासायनिक मलको विकल्पमा हरियो मल ढैँचाको प्रयोग बढाएका छन् ।

रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति संरक्षणको आवश्यकता तथा उत्पादन लागत घटाउने उद्देश्यले यहाँका किसान हरियो मलका रूपमा प्रयोग हुने ढैँचा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाखेतीले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै नाइट्रोजनको आपूर्ति गर्न मद्दत गर्छ भन्छन् ।

ढैँचाखेतीले वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको छ । माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत ढैँचाले मद्दत गर्ने कृषि अर्थविज्ञ यादवले बताए।

धान रोपाइँअघि खेतमा ढैँचा लगाई केही समयपछि जोतेर माटोमा मिसाउँदा माटोको गुणस्तर सुधार हुने र बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने भएकाले किसानहरू सजिलै यसतर्फ आकर्षित भएका हुन् ।

दोभानका किसान शिशिर खनालका अनुसार रासायनिक मलको बढ्दो मूल्य र समयमै उपलब्ध नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा ढैँचाखेती प्रभावकारी बन्दै गएको छ । 

‘ढैँचा प्रयोग गरेपछि माटो खुकुलो हुने र धानको उत्पादन राम्रो भएको अनुभव गरेका छौँ’, उनले भने। 

कृषि ज्ञान केन्द्रका प्राविधिकले माटो परीक्षण, ढैँचाखेतीको महत्वबारे किसानलाई प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेका छन् । 
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : २६ बजे

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका