सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो « Khabarhub

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका बारा–३ का भोलाकुमार साह कानुको नाम नै प्रतिनिधिबाट हटाइएको छ । 

साहले आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट एकाएक गायब पारिएको बताएका हुन् । उनले फेसबुकमा आफूले उम्मेदवारी घोषणा गरेको त्यसपछि फिर्ता नगरेको तर, पछिल्लो समयमा आउँदा उनको नाममा नै हटाइएको उनले बताए ।

‘मेरो उम्मेदवारी फिर्ता थिएन, फेसबुकमा मैले आफ्नो उम्मेदवारी घोषणा गरेको थिएँ रवि लामिछानेको विपक्षमा, आज चौथो दिन हो मेरो उम्मेदवारी घोषणा गरेको’, उनले भने, ‘अस्तिको नामावली प्रकाशनमा मेरो नाम आयो, अनि अन्तिम नामावली प्रकाशनमा मेरो नाम हटाइयो ।’

उनले आफूले सभापतिमा दाबेदारको रूपमा रहेको कारणले हटाइएको बताए । 

मधेश प्रदेशको प्रतिनिधि सूचीमा उनको नाम २०२ नम्बरमा थियो । कानु यसअघि बर्खास्त गरिएका बाराका पूर्व सभापति चन्दन स्वर्णकारको सदस्यता जोगाउनुपर्ने पक्षमा खुलेर लागेका थिए ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ०९ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना