सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो « Khabarhub

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका बारा–३ का भोलाकुमार साह कानुको नाम नै प्रतिनिधिबाट हटाइएको छ । 

साहले आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट एकाएक गायब पारिएको बताएका हुन् । उनले फेसबुकमा आफूले उम्मेदवारी घोषणा गरेको त्यसपछि फिर्ता नगरेको तर, पछिल्लो समयमा आउँदा उनको नाममा नै हटाइएको उनले बताए ।

‘मेरो उम्मेदवारी फिर्ता थिएन, फेसबुकमा मैले आफ्नो उम्मेदवारी घोषणा गरेको थिएँ रवि लामिछानेको विपक्षमा, आज चौथो दिन हो मेरो उम्मेदवारी घोषणा गरेको’, उनले भने, ‘अस्तिको नामावली प्रकाशनमा मेरो नाम आयो, अनि अन्तिम नामावली प्रकाशनमा मेरो नाम हटाइयो ।’

उनले आफूले सभापतिमा दाबेदारको रूपमा रहेको कारणले हटाइएको बताए । 

मधेश प्रदेशको प्रतिनिधि सूचीमा उनको नाम २०२ नम्बरमा थियो । कानु यसअघि बर्खास्त गरिएका बाराका पूर्व सभापति चन्दन स्वर्णकारको सदस्यता जोगाउनुपर्ने पक्षमा खुलेर लागेका थिए ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ०९ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९