अर्थसंक्षेप : ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व, नेप्से २६.१६ अङ्कले घट्यो र अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने « Khabarhub

अर्थसंक्षेप : ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व, नेप्से २६.१६ अङ्कले घट्यो र अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ ।

कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर रु चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट दिँदै रोक्का राखिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने भएको छ ।

इरानका मुख्य वार्ताकारका अनुसार अमेरिका फ्रिज गरिएको १२ अर्ब डलर फुकुवा गर्न सहमत भएको हो । अमेरिकी कोष विभागले आगामी अगस्ट १ सम्मका लागि इरानी तेल र पेट्रोकेमिकल्स बिक्री गर्न अनुमति दिने गरी प्रतिबन्धमा अस्थायी खुकुलोपनको घोषणा गरेको छ ।

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : ५८ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना