संविधान संशोधनबारे के छ रास्वपाको धारणा ? « Khabarhub

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक धारणा राखेको छ । पार्टी सभापति रवि लामिछानेले मंगलबार पहिलो महाधिवेशनको बन्दसत्रमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।

‘२०७२ सालमा हाम्रो संविधान लेखिँदा नै एक दशकपछि यसको कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको हो । आज हामी त्यही स्वाभाविक पुनरवलोकनको चरणमा आइपुगेका छौँ,’ प्रतिवेदनमा सभापति लामिछानेले भनेका छन् ।

रास्वपा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेका सुधारबारे खुला, इमानदरा र जिम्मेवार बहसका पक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।

‘संविधानमाथि हाम्रा केही फरक धारणा छन् जुन हामीले पार्टी स्थापनादेखि नै राख्दै आएका छौँ । हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छौँ । हामी अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौँ जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस्,’ प्रतिवेदनमा भनिएको छ ।

राष्ट्रियसभालाई गैरदलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाअध्यक्ष बनाउने पक्षमा रास्वपा रहेको सभापति लामिछानेको राजनीति प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसैगरी हामी प्रदेशसभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा छौँ,’ राजनीति प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले