कस्तो छ रास्वपाको परराष्ट्र नीति ? « Khabarhub

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक मञ्चमा जीवन्त उपस्थिति’लाई आफ्नो परराष्ट्र नीतिको मूल आधार बनाउने भएको छ ।

रास्वपाको चितवनको भरतपुरमा चलिरहेको पहिलो महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘रास्वपाले परम्परागत शक्ति केन्द्रित कूटनीतिभन्दा ‘विकास कूटनीति’लाई परराष्ट्र नीतिको केन्द्रमा स्थापित गर्ने लक्ष्य राखेको छ,’ लामिछानेको प्रतिवेदनमा भनिएको छ ।

दुई छिमेकी भारत र चीनलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले जनाएका छन् । रास्वपाले नेपाललाई प्रतिस्पर्धी प्रभाव क्षेत्रको निष्क्रिय मैदान नभई दक्षिण एसिया र हिमालय क्षेत्रलाई जोड्ने आर्थिक, सांस्कृतिक, व्यापारिक तथा मानवीय सम्पर्कको ‘जीवन्त पुल’का रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण राख्ने उनले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ४० बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर