इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी « Khabarhub

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य सम्झौता इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने ‘इब्राहिम एकोर्ड्स’ मा जोडिने विषयमा मात्रै निर्भर रहने बताएका छन्।

दुवै देशबीच परमाणु सम्झौता भएको घोषणा भएको भोलिपल्ट ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो। यसले पहिले नै अस्पष्ट रहेको र पूर्ण विवरण सार्वजनिक भइनसकेको सम्झौताप्रति थप अन्योल सिर्जना गरिदिएको छ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा ट्रम्पले लेखेका छन्, “यो सम्झौता स्वीकृत त हुनेछ, तर यो पूर्ण रूपमा साउदी अरेबिया अत्यन्तै सम्मानित र सफल ‘इब्राहिम एकोर्ड्स’ मा सहभागी हुने कुरामा निर्भर छ।”

ट्रम्पको यो दाबीबारे साउदी अरेबियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। लामो समयदेखि इजरायलसँगको सम्बन्ध सामान्यीकरणको विपक्षमा रहँदै आएको रियादका लागि यो सम्झौता स्वीकार गर्नु ठूलो कूटनीतिक बदलाव हुनेछ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले पत्रकारसँग कुरा गर्दै सो पोस्ट गरेयता ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानबीच कुराकानी नभएको तर अघिल्ला वार्ताहरूमा ट्रम्पले यो विषय उठाएको बताइन्। यदि साउदी अरेबिया ‘इब्राहिम एकोर्ड्स’ मा सहभागी भएन भने यो सम्झौता रद्द हुने अडान उनले दोहोर्‍याइन्।

यसअघि बुधबार अमेरिकी ऊर्जा मन्त्रालयले वासिङ्टन र रियादबीच दशकौंसम्म चल्ने अर्बौं डलरको “शान्तिपूर्ण परमाणु सहकार्य सम्झौता” र नागरिक परमाणु कार्यक्रम सुरु गर्नेसम्बन्धी ‘द्विपक्षीय सुरक्षा सम्झौता’ मा हस्ताक्षर भएको घोषणा गरेको थियो। यो सम्झौता लागू हुन अमेरिकी संसद् बाट स्वीकृत हुनुपर्छ।

कतिपय अमेरिकी सञ्चारमाध्यमका अनुसार यो सम्झौताले साउदी अरेबियालाई परमाणु इन्धन आयात गर्नुको सट्टा देशभित्रै युरेनियम प्रशोधन गर्ने अनुमति दिनेछ।

यदि यसो भएमा, नागरिक परमाणु कार्यक्रमप्रति वासिङ्टनको परम्परागत नीतिभन्दा यो ठूलो भिन्नता हुनेछ। अमेरिकाले पहिलेदेखि नै युरेनियम प्रशोधन प्रविधि नभएका देशहरूलाई सो प्रविधि हस्तान्तरण गर्ने कुराको विरोध गर्दै आएको छ।

तर ट्रम्पले भने ती समाचारहरूको खण्डन गर्दै थप सन्दर्भ नखुलाई लेखेका छन्, “सामग्रीको कुनै प्रशोधन हुने छैन! अमेरिका असैनिक परमाणु संरचनाको विरुद्धमा छैन।”

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ६ : ०६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्