२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन « Khabarhub

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

पेपर लिकविरुद्ध कडा विधेयक ल्याउने मोदीको घोषणा


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत २६ दिनदेखि आमरण अनसनमा बसेका जलवायु तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले शुक्रबार मध्यराति आफ्नो अनसन तोडेका छन्।

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह तथा लद्दाखको ‘एपिक्स बडी’का वरिष्ठ नेताको उपस्थितिमा उनले अनसन अन्त्य गरेका हुन्। देशमा हिंसा भड्किने जोखिम बढेको र सरकारसँगको लामो वार्तापछि विभिन्न राजनीतिक दलका ६५ जना सांसदको आग्रहमा आफूले अनसन तोडेको वाङ्चुकले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका छन्। उनले आफ्ना समर्थकलाई कुनै पनि प्रकारको हिंसात्मक गतिविधिमा नलाग्न र शान्ति कायम राख्न अपीलसमेत गरेका छन्।

वाङ्चुकले अनसन तोडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। “म सोनमजीलाई डाक्टरको सल्लाहअनुसार आफ्नो दिनचर्या पालना गर्न र छिट्टै स्वास्थ्य लाभ गर्न आग्रह गर्दछु,” मोदीले भनेका छन्।

यसैबीच, प्रधानमन्त्री मोदीले बिहीबार मध्यराति एक भिडियो सन्देश जारी गर्दै प्रश्नपत्र चुहावटविरुद्ध कडा सजाय र ‘फास्ट ट्र्याक’ अदालतको व्यवस्था समेटिएको नयाँ विधेयक आगामी साता संसद्मा प्रस्तुत गरिने घोषणा गरेका छन्।

शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने र आगामी सोमबारदेखि सुरु हुने संसद्को बर्खे अधिवेशनको दोस्रो साता विधेयक पेस गरी सकेसम्म छिटो पारित गराइने उनले बताए।

“पेपर लिक लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्तै पीडादायी विषय हो,” मोदीले भने, “सरकारले दोषीहरूलाई पक्राउ गरी जेल पठाइसकेको छ। विद्यार्थीहरूको एक वर्ष खेर जान नदिन २२ लाख विद्यार्थीको पुनः परीक्षा सञ्चालन गरिएको छ।”

परीक्षा प्रणालीलाई पूर्ण रूपमा सुरक्षित र भरपर्दो बनाउन तथा विद्यार्थीको हित रक्षाका लागि नयाँ कानुन कोसेढुङ्गा साबित हुने दाबी प्रधानमन्त्री मोदीले गरेका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया