पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू)  « Khabarhub

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः चार लेनमा विस्तार गरिएको छ। करिब चार वर्ष लगाएर सम्पन्न भएको २.२ किलोमिटर सडकखण्ड फराकिलो पारेर कालोपत्रे, लाइन मार्किङ तथा आवश्यक पूर्वाधार निर्माण गरिएपछि अहिले सञ्चालनमा आएको छ।

यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने महत्वपूर्ण खण्ड हो। निर्माण कार्य लामो समयसम्म सम्पन्न हुन नसक्दा पोखराका स्थानीयसँगै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यात्रुले सास्ती भोग्नुपरेको थियो।

निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयले २०८१ असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा सडकमै धान रोपेर विरोध प्रदर्शनसमेत गरेका थिए।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले २०७९ साउन १४ गते ४८ करोड रुपैयाँमा सडक स्तरोन्नतिको ठेक्का पाएको थियो। दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कार्य समयमै पूरा हुन नसकेपछि तीनपटक म्याद थप गरिएको थियो।

सुरुमा २०८१ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि काम अधुरै रहेपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थपिएको थियो। त्यसपछि अन्तिमपटक २०८३ वैशाख मसान्तसम्मको समयसीमा दिइए पनि ठेकेदार कम्पनीले निर्धारित अन्तिम म्यादअघि नै निर्माण कार्य सम्पन्न गरेको हो।

सडक विस्तार सम्पन्न भएसँगै यस क्षेत्रमा यातायात सहज हुने, दुर्घटनाको जोखिम घट्ने तथा पोखरा हुँदै पश्चिमका जिल्लासँगको आवागमन थप सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : ४३ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक