परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै  « Khabarhub

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ । अस्पतालमा जन्मिएका नवजात शिशुदेखि १ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ। 

अस्पतालद्वारा जारी सूचनाअनुसार प्रतियोगिता भदौ ११ गते बिहीबार बिहान ९ बजे अस्पताल परिसरमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ ।

फाराम शुल्क १०० निर्धारण गरिएको छ, जुन अस्पतालको नगद काउन्टरमा बुझाउनुपर्नेछ। फाराम ब्लक ‘ई’ ९तेस्रो तल्ला० स्थित बालरोग ओपीडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिनेछ।

प्रतियोगितालाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा जन्मदेखि ४५ दिनसम्मका शिशु, समूह ‘बी’ मा ४६ दिनदेखि ६ महिनासम्मका शिशु तथा समूह ‘सी’ मा ६ महिना १ दिनदेखि १ वर्षसम्मका बालबालिका सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट ठहरिएका शिशुहरूलाई भदौ १९ गते कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने अस्पतालको वार्षिकोत्सव समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले प्रतियोगितासम्बन्धी थप जानकारीका लागि प्रशासन शाखामा सम्पर्क गर्न अभिभावकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ११ : ५७ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न