ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी  « Khabarhub

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो भिडियो भाइरल भएपछि बाब्लु गुप्ताले आफूबाट भएको गल्तीप्रति क्षमा मागेका छन्।

साथै गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।

गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा बाल्यकालमा खेलिने खेल तथा पुराना सम्झनाहरू समेटिएको एउटा भिडियोका क्रममा आफूले मोटरसाइकलको प्रयोग गरेको बताएका छन्। उक्त भिडियोमा मोटरसाइकल चलाउने क्रममा आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको महसुस भएको बताए।

उनले लेखेका छन्, ‘मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउनु मेरो तर्फबाट भएको ट्राफिक नियम उल्लङ्घन हो भन्ने कुरा मैले महसुस गरेको छु।’

गुप्ताले आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै देश र जनताको हितमा जिम्मेवार भएर अघि बढ्ने बताएका छन्। साथै, आफूबाट जानी-नजानी भएको गल्तीप्रति क्षमायाचना समेत गरेका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया