फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी « Khabarhub

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्।

राष्ट्रपति म्याक्रोनले सामाजिक  सञ्जाल एक्समार्फत सांसदहरूलाई यस विषयमा समर्थन जनाएकोमा धन्यवाद दिँदै निर्णय कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले संवैधानिक परिषद्को निर्णयपछि नयाँ व्यवस्था लागू गरिने र १५ वर्षमुनिका बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन आवश्यक कदम चालिने बताएका छन्।

सिएनएनका अनुसार, यो निर्णय कार्यान्वयन भएमा फ्रान्स सामाजिक सञ्जाल प्रयोगका लागि उमेर सीमा लागू गर्ने युरोपेली संघ ९ईयू० को पहिलो देश बन्नेछ।

बालबालिकाको मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र डिजिटल जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न देशहरूले पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न थालेका छन्।

यसअघि बेलायतले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री कीर स्टारमरले यसलाई समयको आवश्यकता भएको भन्दै सामाजिक सञ्जालका कारण बालबालिकाको खेलकुद, निद्रा र परिवारसँग बिताउने समय प्रभावित भइरहेको तथा यसले मानसिक स्वास्थ्यमा असर पार्न सक्ने बताएका थिए।

त्यस्तै, जापानले पनि कम उमेरका प्रयोगकर्ताको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण प्रणाली लागू गर्न र सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूको जिम्मेवारी बढाउन प्रस्ताव गरेको छ।

अष्ट्रेलियाले यसअघि नै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लागू गरिसकेको छ। यस्तै, स्पेन र डेनमार्कलगायतका देशहरूले पनि बालबालिकाको अनलाइन सुरक्षाका लागि यस्तै उपाय अपनाउने विषयमा विचार गरिरहेका छन्।

विश्वभर बालबालिकाको डिजिटल सुरक्षाबारे बहस बढिरहेका बेला फ्रान्सको यो कदमले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा निर्धारण गर्ने नीतिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ५३ बजे

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २