कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै « Khabarhub

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ ।

लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ ।

‘बितेको एक वर्षमा लागूऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने, ‘दिनहुँ जसो लागूऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।’

उनले कञ्चनपुर कैलालीमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताए ।

‘प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागूऔषध नियन्त्रण गर्नु छ ।’ रावतले भने, ‘कारागारमा पनि ३५ प्रतिशतभन्दा लागूऔषध मुद्दाकै व्यक्तिहरू छन् ।’
 
प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागूऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ ।

कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । 

जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हुँदै कारागार चलान गरेको प्रहरीको भनाइ छ । 

जरिवानाबापत असुलउपर गर्न पर्ने दुई करोड ४५ लाख रुपैयाँ असुल गराएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १ : ३४ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध