मोदीको पहलपछि सरकार-कक्रोच वार्ता « Khabarhub

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो ।

मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएको त्रुटिपछि देशभर शिक्षा प्रणालीप्रति असन्तुष्टि बढ्दै गएको छ । 

सामाजिक सञ्जालमार्फत सक्रिय ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ ।

सिजेपीका प्रवक्ता सौरभ दासले सरकारसँग हुने वार्तामा आन्दोलनका माग विस्तृत रूपमा प्रस्तुत गरिने बताए । उनले लामो समयदेखि सडकमा उत्रिएका नागरिकहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्ने अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले बिहीबार राति सामाजिक सञ्जालमार्फत मन्त्रिमण्डलले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिविरुद्ध कानूनी कारबाहीलाई तीव्र बनाउने उपायमाथि छलफल गर्ने जानकारी दिएका थिए । 

उनका अनुसार सम्बन्धित मन्त्रीहरूको सुझाव समेटेर विधेयकलाई अन्तिम रूप दिइनेछ र त्यसलाई यथाशीघ्र संसद्मा प्रस्तुत गरी पारित गराउने प्रयास गरिनेछ ।

प्रधानमन्त्रीको यो सक्रियता शिक्षा सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थी, नागरिक समाज तथा विभिन्न समूहबाट बढ्दो दबाबबीच आएको हो ।

यसैबीच आन्दोलनको समर्थनमा २६ दिनदेखि अनशनरत रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति भोक हडताल अन्त्य गरेका छन् । 

उनले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने तथा शिक्षा र परीक्षा प्रणालीमा जबाफदेहिता सुधारका विषयमा संसद्मा विस्तृत छलफल गराउने आश्वासन दिएको जानकारी दिएका छन् ।

गत सोमबार नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा दशौँ हजार प्रदर्शनकारी सहभागी भएका थिए । राजधानीमा पछिल्लो पाँच वर्षयताकै ठूलो प्रदर्शन मानिएको उक्त र्‍याली नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो ।

सिजेपीका संस्थापक अभिजीत डिप्केले वाङचुकले अनशन अन्त्य गरेको निर्णयको स्वागत गर्दै शिक्षामन्त्री प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् । उनले वाङचुकको त्यागले देशको जनमतलाई जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

सन् २०२४ मा तेस्रो कार्यकाल सुरु गरेपछि प्रधानमन्त्री मोदीले सामना गरिरहेको सबैभन्दा ठूलो राजनीतिक चुनौतीका रूपमा यो शिक्षा आन्दोलनलाई हेरिएको छ । रासस
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  २ : ३६ बजे

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून