राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी « Khabarhub

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् । 

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताएका हुन् ।

उनले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गरे । 

उनले सोसल मिडियाको नकारात्मक प्रभावबाट युवाहरूलाई मुक्त गराएर मात्र राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि फेरि आन्दोलित गराउन सकिने धारणा राखे ।

प्रचण्डले अहिले पनि प्रतिगामी, साम्राज्यवादी र तिनका स्थानीय एजेन्टहरूले प्रतिक्रान्ति पूरा गर्ने मिसन जारी राखेको दाबी गरे । उनले चीन र भारतबीचको नेपालको असंलग्न परराष्ट्र नीति र चीन विरोधी गतिविधि हुन नदिने परम्परागत अडान उल्लंघन गरिएको आरोप समेत लगाए ।

प्रचण्डले मुलुकमा थप संकट आउन नदिन तत्काल पार्टी एकताभन्दा पनि साझा न्यूनतम कार्यक्रमका आधारमा तत्काल कार्यकर्ता र सहकार्य आवश्यक रहेको बताए  ।

उनले देशैभरिबाट लाखौँ जनतालाई काठमाडौँ र जिल्ला सदरमुकामहरूमा उतारेर जनदबाब सिर्जना गर्ने तयारी गर्नुपर्नेमा जोड दिए । 

प्रदेश सरकारका विषयमा प्रचण्डले पार्टीको मुख्य प्राथमिकता सरकारमा जानु नभई राष्ट्रिय स्वाधीनता, संविधान, र गणतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु रहेको बताए । तर प्रदेशका संवैधानिक संकटको अवस्था सिर्जना भए नेकपाले आवश्यक कदम चाल्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया