‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’ « Khabarhub

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले  राष्ट्रियता, संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको संरक्षण गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

गरिबी, अभाव, बेरोजगारी र युवाहरूका गम्भीर समस्याहरूविरुद्ध समेत सशक्त आवाज उठाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ । 

उनले कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रियताका पहरेदार भएकाले सामन्तवादको उन्मुलन र जनाधिकारका लागि कम्युनिस्टहरूले नै लोकतन्त्रको संवाहक बन्नुपर्ने उल्लेख गरे ।

सत्तामा जाने बित्तिकै विदेशीसामु झुक्नुपर्छ भन्ने मानसिकता गलत रहेको भन्दै उनले आफ्नो देशको हितमा दृढताका साथ आवाज बुलन्द गर्नुपर्ने धारणा राखे ।

उनले अनावश्यक रूपमा अतिवादी बन्ने वा घुँडा टेक्ने वा आत्मसमर्पण गर्ने दुवै प्रवृत्ति गलत भएकाले विदेशी स्वार्थलाई बुझेर सतर्क हुँदै देशको स्वाभिमान जोगाउनुपर्ने बताए । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया