व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ « Khabarhub

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौतीका बारेमा जानकारी लिँदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिए ।

उनले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षता कायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएको बताए । 

प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको उनले बताए । 

त्यस्तै प्लाइवुडका ढोका, काठनिर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

त्यस्तै छलफलमा सहभागी नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताए । 

उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैँचा निर्यातमा समस्या भएको उनले बताए ।

 
जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिएको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ०४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्