जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा « Khabarhub

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु भएको छ ।

कोशी प्रदेशका १३ वटा जिल्ला र मधेस प्रदेशको सिरहा र सुनसरीका लागि मगाइएको ८ हजार ५ सय मेट्रिक टन डिएपी मल आउन शुरु भएको विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।

अहिले सम्म ५ सय मेट्रिक टन भन्दा बढी डिएपी मल आइसकेको र यसलाई सम्बन्धित जिल्लाहरूमा पठाउने प्रक्रिया समेत शुरु भइसकेको कामु प्रादेशिक प्रबन्धक कमल पोखरेलले बताए ।

उनले ८ हजार ५ सय मेट्रिक टन युरिया पनि आउन थालिसकेको र आइतबारदेखि सम्बन्धित जिल्लामा पठाइने जानकारी दिए ।

रासायनीक मलको अभाव हुन नदिन यस अघि नै कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले बफर स्टकमा रहेको डिएपी, युरिया मल वितरण गर्न थालेको थियो ।

अब जिटुजी र ग्लोबल टेण्डर मार्फत खरिद गरिएको रासायनिक मल समेत आउने भएकाले आउने दिनमा रासायनिक मलको अभाव नहुने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : २५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्