इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल « Khabarhub

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भइ शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए ।

उनले भने, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।” राष्ट्रपति पौडेलले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्‍याएको योगदान स्तुत्य भएको बताए । उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था तथा प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिन नहुने स्पष्ट पारे ।

उनले भने, “यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्दछ । हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ । यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ ।” राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उनको मूलमन्त्र भएको बताए ।

उनले भने, “अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।” थापा एक इमानदार र कुशल प्रशासक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी, सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ३२ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र