सीमा अनुगमनका लागि विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री « Khabarhub

सीमा अनुगमनका लागि विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरिक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा गृहमन्त्री गुरुङले आफुले बिभिन्न स्थानको सीमा क्षेत्रमा पुगेर समस्याको पहिचान गरिसकेको भन्दै अव नियमित अनुगमन र निरिक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । 

गृहमन्त्री आफैं जाँदा भीडभाड हुने र काम गर्न सहज नहुने भएकाले, अब सादा पोशाकका प्रतिनिधिहरू पठाएर सीमा नाकाहरूमा काम र निरीक्षण प्रभावकारी रूपमा भइरहेको छ/छैन भन्ने नियमित अनुगमन गरिने उनले बताए । 

मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका प्रहरीहरू टहरा, जस्ता र भत्किन लागेका भवनमा बस्नुपर्ने, पानी चुहिने र रातभरि ड्युटी गर्नुपर्ने कठिन परिस्थिति रहेकाले उक्त समस्याहरुलाई समाधान गरिने उल्लेख गरे । 

खुला सीमाका कारण एकातर्फ अपराध गरेर अर्कोतर्फ भाग्ने, लागूऔषध ओसारपसार हुने जस्ता चुनौतीहरू देखिएकाले यसमा विशेष निगरानी गरिने उनको भनाइ छ । 

उनले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनताको समस्यामाथि बिगतमा राजनीतिकरण हुने गरेकाले आफुले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । मन्त्री गुरुङले सुस्तावासीको नागरिकता सम्बन्धी समस्या समाधान भइरहेको जानकारी दिए । 

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले सीमा क्षेत्रमा भइरहेका कामकारवाही र समस्या तथा चूनौतिका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले सीमा नाकामा नेपाली नागरिकको भोग्नुपरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : २५ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न