सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह « Khabarhub

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रुपैयाँ रकम प्रवाह गरेको जनाएको छ ।

जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई एक अर्ब सात करोड २७ लाख रुपैयाँ र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई ६१ करोड ९२ लाख रुपैयाँ प्रवाह गरेको छ । 

सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रम अनुदानतर्फ ५६ जनालाई २२ लाख ४० हजार रुपैयाँ, औषधोपचार खर्चबापत ६९ जनालाई ११ लाख १२ हजार ३०५ रुपैयाँ, सुत्केरी तथा शिशु स्याहार योजना खर्चबापत एक हजार ६५६ जनालाई एक करोड २४ लाख २० हजार रुपैयाँ र विशेष आर्थिक सुविधा (कल्याणकारी) तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिइन् ।

प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई ४४ करोड ५५ लाख रुपैयाँ रकम प्रवाह भएको छ । 

सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलुढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बूलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ३४ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र