जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने « Khabarhub

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे  । 

मन्त्रिपरिषद्को यही साउन ६ गते बसेको बैठकले डा उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

प्राधिकरणका अनुसार पदभार ग्रहणकै दिन जाजरकोट भूकम्पपीडितका बाँकी घर पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयबाट कार्यप्रारम्भ गरिएको हो ।  

डा उप्रेतीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउँदै प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया