काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार « Khabarhub

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । इस्लामावादमा शुक्रबार भएको खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो हार चखाएको हो ।

गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हरायो। खेलभरि पाकिस्तानले उत्कृष्ट आक्रमण र बलियो ब्लकिङ प्रदर्शन गर्दा नेपालले कुनै पनि सेटमा प्रभाव जमाउन सकेन ।

यो जितसँगै पाकिस्तानले लगातार तेस्रो विजय दर्ता गर्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । उता, लगातार तीन खेल गुमाएको नेपालको खातामा दुई अंक मात्रै छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा काजकिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार बेहोरेको थियो। दोस्रो खेलमा पनि श्रीलंकासँग पाँच सेटसम्म संघर्ष गरे पनि जित निकाल्न असफल भएको थियो। तर पाकिस्तानविरुद्ध भने नेपालले अपेक्षित चुनौतीसमेत प्रस्तुत गर्न सकेन।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने