काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार « Khabarhub

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । इस्लामावादमा शुक्रबार भएको खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो हार चखाएको हो ।

गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हरायो। खेलभरि पाकिस्तानले उत्कृष्ट आक्रमण र बलियो ब्लकिङ प्रदर्शन गर्दा नेपालले कुनै पनि सेटमा प्रभाव जमाउन सकेन ।

यो जितसँगै पाकिस्तानले लगातार तेस्रो विजय दर्ता गर्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । उता, लगातार तीन खेल गुमाएको नेपालको खातामा दुई अंक मात्रै छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा काजकिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार बेहोरेको थियो। दोस्रो खेलमा पनि श्रीलंकासँग पाँच सेटसम्म संघर्ष गरे पनि जित निकाल्न असफल भएको थियो। तर पाकिस्तानविरुद्ध भने नेपालले अपेक्षित चुनौतीसमेत प्रस्तुत गर्न सकेन।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : ३२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको