आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल


८ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६ अगष्ट २४ तारिख। साउन शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको यात्रा सुखद् हुनेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक क्षेत्रमा झुकाव बढ्नेछ। आफ्नो मूल्याङ्कन गर्ने क्षमता बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ कामको योजना बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट सकारात्मक सन्देश मिल्नेछ। आज पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयासबाट सफलता मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम सुचारु गर्न सहज हुनेछ। बिहान उठेर पन्छीलाई दाना दिनु लाभदायी हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। कृषि र दुग्धजन्य वस्तुमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गलाको प्रस्तुति गर्नुपर्ने दिन छ। साथीभाइको सेवा गर्नाले आफ्नो काम ओझेलमा पर्नसक्छ। परिवारको साथमा नजिकैको सुखद् यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ । आम्दानीका स्रोतहरु भेटिँदा मन प्रशन्न हुनेछ । पठनपाठनमा जोश जाँगर बढ्नेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। शत्रु बढ्ने भएकाले कम बोल्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारको योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : साना कुरामा पनि खुसी मिल्नेछ । धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उचित हुनेछ।

मीन : आफ्नै बलबुतामा गरेको कामबाट फाइदा हुनेछ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाम्पत्य जीवन सुखमय बन्नेछ। हरेक काममा उत्साह मिल्नेछ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ५ : ०७ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर