बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै « Khabarhub

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ८ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित