पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान गर्न आग्रह गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा सातबुँदे घोषणापत्र जारी गर्दै यसबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालगन्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने उल्लेख गर्दै बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकापसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणपत्रमा जनाइएको छ ।

बागेश्वरी–बाबा बर्फानी–सन्तानेश्वर–गोवद्र्धन धाम–भुवर भवानीलगायतका गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा आबद्ध गर्दै कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्यसँग नेपालगन्जलाई जोड्ने अभियान सञ्चालनका लागि पहल गरिने उल्लेख छ ।

भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमन, पर्यटकमैत्री सीमा व्यवस्थापन, ग्रिन लाइन तथा स्मार्ट बोर्डर अवधारणाका लागि सम्बन्धित निकायसँग सहकार्यमा जोड दिँदै च्याप्टरले धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना बोकेको बाँके–बर्दियालाई लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिमका प्रमुख गन्तव्यसँग जोड्दै पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिको आधार बनाउने उद्देश्य राखिएको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले भने, ‘हामीले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नयाँ अवधारणा अघि सारेका छौँ, यसले यहाँको बजारलाई गति दिने छ ।’

उनले भारतीय पर्यटकलाई आकर्षण गर्न, नयाँ पर्यटन प्याकेज निर्माण, ‘डिजिटल’ प्रचार–प्रसार, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि तथा सरकारी, निजी र समुदायबीच सहकार्यलाई प्राथमिकतामा राख्दै च्याप्टरले सातबुँदे प्रतिबद्धता घोषणा जारी गरेको उल्लेख गरे ।

पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन डिजिटल माध्यमको प्रभावकारी उपयोग गरिने भन्दै नाट्टाले सामाजिक सञ्जाल, डिजिटल सामग्री, दृश्य सामग्री तथा आधुनिक प्रचार प्रणालीमार्फत पर्यटन गन्तव्यको ‘ब्रान्डिङ’ र बजार विस्तार गरिने जनाएको छ ।

विशेषगरी नेपाल–भारत सीमाबाट भित्रिने भारतीय तथा अन्य पर्यटकलाई लक्षित गरी सीमा क्षेत्र पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिने जानकारी दिँदै सहज सूचना, पहुँच, सेवा र पर्यटनमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष रेग्मीले बताए ।

पर्यटन गन्तव्यको विकासदेखि प्रचार–प्रसार, पूर्वाधार, सेवा, बजार विस्तार र व्यावसायिक अवसर सिर्जनासम्म स्थानीय समुदाय तथा सरोकारवालाको सहभागितालाई सुनिश्चित गर्दै साझेदारीमा पर्यटन, पर्यटनबाट समृद्धि’को अभियान अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १० : ३६ बजे

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट