विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण « Khabarhub

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो । ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने तीन वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ ।

विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिए । उनले भने, ‘ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा छलफल गरी सुझाव लिने र कतिपय समस्या तत्कालै समाधान हुने गरी आवश्यक निर्देशन भयो ।’

उपकुलपति प्राडा कट्टेलसँगै रजिष्ट्रार प्राडा सुबिर सिंह, कृषि सङ्कायका डिन प्राडा सुन्दर तिवारी र वन सङ्कायका डिन प्राडा गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो । सो क्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ । यस विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञानको स्नातक र सोभन्दा माथि अध्ययन अध्यापन हुन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १० : ४७ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च